२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दघाट–दुम्किवास भित्री पहाडी सडक मार्ग खुला



२० फागुन, नवलपरासी ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ ।

प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।

बर्दघाट नगरपालिका वडा नं १० अपरदीप टोल भुताहादेखि आमबास, संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवास जोड्ने १४ किमी मार्ग नगरपालिकाको १५ लाख लगानीमा सम्पन्न भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने र दुम्किवास सडकखण्डको वैकल्पिक सडकका रुपमा ट्र्याकलाई स्तरोन्नति गरी विकास गर्न सकिने अवस्था छ । बर्दघाट १० अपरदीप टोल भुताहादेखि आमबास हुँदै संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवाससम्म मार्ग खोलिएर सवारी साधन वारपार गर्न सकिने बनाइएको छ ।

विशेष गरी पहाडी क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नति भएमा प्रदेश नं ४ र ५ जोड्ने नवलपरासीमा सबैभन्दा छोटो र भरपर्दो वैकल्पिक भित्री सडकका रुपमा विकास हुने सम्भावना देखिन्छ । सो सडकको स्तरोन्नति भएपछि प्रदेश नं ४ र प्रदेश नं ५ दुवै प्रदेशका पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुले पर्याप्त बजार पाउने छ ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००