२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलजला गाउँपालिकाको केन्द्र विवाद समाधान, अब केन्द्र लामाखेतमा



२० फागुन, फलेवास– पर्वत ।

लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र काहाँ भन्ने विषयमा जनप्रतिनिधिबीच रहेको विवाद मिलेको हो ।

साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सरिने भएको छ । हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।

गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नु परेको भन्दै लामो समय आन्दोलित समेत बनेका थिए । गाउँपालिका अन्तर्गत साबिक नाग्लीवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलिन बनेका थिए ।

अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करीब ६ देखि ७ घण्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधि समेत आन्दोलित बनेका थिए ।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई दुई लाख

पर्वतको कुस्मा नगरपालिका १४ आर्थर डाडाँखर्क स्थित पञ्चकोशी माबिलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले दुई लाख नगद सहयोग गरेका छन् ।

आर्थर डाँडाखर्क मेथेडाँडा घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र हितकुमारी गुरुङले शुक्रबार चौरासी पूजामा विद्यालयलाई दुई लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।

विद्यालयमा भूतपूर्व विद्यार्थीले शैक्षिक र भौतिक विकासका लागि पाँच करोड संकलन गर्ने लक्ष्य राखेर अभियान शुरु गरेका छन् ।
रासस

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार ००:००