१४ फागुन, धनगढी ।
टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् ।
कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।
रासस
प्रतिक्रिया