२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इँटाभट्टा सुधार्न सार्क क्षेत्रका व्यवसायीहरू सहमत



५ फागुन, ललितपुर । दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत भएका छन् ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र नेपाल इँटा व्यवसायी महासंघको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न कार्याशालामा व्यवसायीहरूले यो प्रतिवद्धता जनाएका हुन् । हरित दक्षिण एशियाको इँटा क्षेत्रका लागि जिकज्याक प्रविधिको प्रवद्र्धनसम्बन्धी कार्यशालामा सहभागी इँटा व्यवसायीहरूले यसका लागि सामूहिक रुपमा काम गर्नसमेत तयार भएका छन् ।

नेपाललगायत बंगलादेश, भारत र पाकिस्तानका २५ जना इँटा व्यवसायीको सहभागिता रहेको उक्त कार्यशाला २ दिन चलेको थियो । कार्यशालामा जिकज्याक प्रविधिबाट इँटा उत्पादन गर्दा हरितगृह ग्यास उत्सर्जन कम भई ब्ल्याक कार्बनलाई न्यूनीकरण हुने, उत्पादकत्वमा वृद्धि, कोइलाको खपतमा कमी र इँटाको गुणस्तरमा सुधार हुने भएकाले यस प्रविधिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको थियो ।

कार्यशालामा इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले परम्परागत इँटाभट्टाबाट निस्कने ब्ल्याक कार्बनले खासगरी पर्वतीय क्षेत्रमा प्रत्यक्ष असर पु¥याएको र यसबाट दक्षिण एशियाका बासिन्दाको स्वास्थ्य, कृषि उत्पादनमा ह्रास आएकाले यसमा सुधार ल्याउन सामूहिक प्रयासको खाँचो औँल्याए ।

सोही अवसरमा इसिमोडका विद्याविमली प्रधान, अरनिको पाण्डे, महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले नेपालमा गोरखा भूकम्पपछि इँटाभट्टामा जिकज्याक प्रविधिलाई प्रोत्साहन गरिएको र यसबाट झण्डै ४० प्रतिशत प्रदूषण उत्सर्जनमा कमी आएको जानकारी दिए ।

सहभागीहरुलाई जिकज्याक प्रविधिबाट इँटा उत्पादन गरिएका भक्तपुर, धादिङ र विराटनगरका भट्टीहरुको अवलोकन भ्रमण गराइएको थियो । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ००:००