२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माेहन मैनालीलाई विकास पत्रकारिता सम्मान



 

स्थानीय खबर संवाददाता
काठमाडौं, ४ फागुन

विकास पत्रकार मञ्च (फोडेज) नेपालले यस बर्षको विकास पत्रकारिता सम्मान पत्रकार मोहन मैनालीलाई प्रदान गरेको छ । फोडेजको दोस्रो बार्षिकोत्सवका क्रममा मैनालीलाई उक्त सम्मान दिइएकाे हो । उक्त सम्मान गोरखापत्र सँस्थानका पूर्वप्रधान सम्पादक भारतदत्त कोइरालाले प्रदान गरेका हुन् ।

सम्मानपछि कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको समृद्धिका लागी विकास पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिए । “मैले विकास पत्रकारिता गर्न थालेको ४५ बर्ष नाघेछ । तर विकासका समाचारले अझै उचित स्थान पाउन सकेको छैन,” कोइरालाले भने, “सञ्चारविना विकास असम्भव छ । संघीयता कार्यान्वयनसँगै विकास पत्रकारिताले फड्को मार्नेमा विश्वस्त छु ।”

अहिलेको पत्रकारिता अतिरञ्जन, मनोरञ्जन र विज्ञापनले कमजोर बनाएको कोइरालाको गुनासो थियो । विकास पत्रकारिताले नागरिकलाई सचेत गराउनुका साथै उत्प्रेरित पनि गर्ने बताए ।

कार्यक्रममा पत्रकार मैनालीले विकास पत्रकारिताको प्रभाव लामो समयसम्म रहने बताए । “राजनीतिक पत्रकारिता तोरीको साग छरेजस्तै हो भने विकास पत्रकारिता फलफूल रोपेजस्तै हो,” मैनालीले भने, “साग तत्काल खान सकिन्छ, तर फेरी छर्नु पर्छ । फलफूलको बिरुवा रोपेर फल खान केही समय कुर्नु पर्छ तर बर्षौंसम्म खान पाइन्छ ।”

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले उद्घाटन र शिलन्याशको समाचार लेख्नु मात्रै विकास पत्रकारिता नहुने बताए । “उद्घाटन र शिलन्याश गरेको कुरा समाचारमा आउनु मात्र विकास पत्रकारिता होइन,” थपलियाले भने, “योजना स्वीकृत, बजेट विनियोजन, खर्च प्रक्रिया, निर्माणको अवस्था, पारदर्शिताजस्ता बिषयहरूमा केन्द्रित हुन सके विकास पत्रकारिता अझ परिपक्व बन्छ ।”

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ००:००