२६ माघ, पोखरा ।
अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगा–उल्लेरी पदमार्ग मर्मत गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदान २ लाख गरी कूल ७ लाखको लागतमा उक्त मर्मत गरिएको हो ।
वार्षिक २५ हजार देखि ३० हजार पर्यटक पदयात्रा गर्ने सो पदमार्ग अन्तर्गत उल्लेरीको उकालोमा ५०० मिटर पदमार्ग मर्मत गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।
पछिल्लो समयमा विदेशी पर्यटकका साथै स्वदेशी पर्यटक पनि पदयात्रामा लोभिने गरेको बताउँदै उनले गाउँपालिकाले भएका पदमार्गलाई व्यवस्थित गराउँदै नयाँ पदमार्गको खोजी एवं विस्तार गर्न लागेको बताए ।
रासस
प्रतिक्रिया