२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युत् आयोजनाका कारण ८०० राेपनी खेत सिँचाइबाट वञ्चित



१७ माघ, सल्लेरी— सोलुखुम्बु ।
तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ । आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् ।

कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसंग बारम्बार अनुरोध गर्दैआइएको भएपनि उक्त आयोजनाले कुनै वास्ता गर्ने गरेको छैन ।

“कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भने । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहुँ खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ ।

खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहोरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राई बताउछन् । “खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,” उनले भने ।

आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताउछन् । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ००:००