१६ माघ, काठमाडौं ।
नेकपा (एमाले)को स्थायी कमिटी बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरू तथा पार्टीबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरू, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरू, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई यो निर्देशन दिएको हो ।
बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीबारे सबै मतदातालाई मतदानसम्बन्धी तालीम दिन जरुरी भएको भन्दै निर्देशन दिएको हो । साथै, प्रदेश संगठन कमिटीका संयोजकबाट केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षण दिने गरेको छ । त्यसका लागि माघ २१ गते राति १२ बजेदेखि मौन अवधि सुरू हुनु अििघ प्रशिक्षण दिइनेछ ।
राष्ट्रियसभाका लागि तय भएका एमाले र नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवारहरूलाई विजयी गराउन पनि संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
रासस
प्रतिक्रिया