२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको बिजोगः टहरामै गाउँपालिका, विषयगत कार्यालयहरू एउटै कोठामा



१२, माघ, डडेल्धुरा । गत बर्ष गाउँपालिका र नगरपालिका कार्यान्वयन भएपछि सबैतिर खुशी छाएको थियो । अधिकारसम्पन्न गाउँपालिका र नगरपालिकाहरू स्रोत साधानले पनि सम्पन्न हुन्छन् भन्नेमा सबै विश्वस्त थिए । स्थानीय तह सञ्चालन गर्न आवश्यक जनप्रतिनिधी पनि निर्वाचित भयो । तर डडेल्धुराको गाउँपालिकाहरूको हालत भने अझै दयनीय छ ।

स्थानीय निर्वाचन भएको ६ महिनाभन्दा बढी समय वितिसक्यो, तर अहिलेसम्म डडेल्धुराका गाउँपालिकाहरू टहराबाटै सञ्चालन गरिराख्नु पर्ने बाध्यता छ । अरू सरकारी बिषयगत कार्यालयहरू पनि स्थापना गर्नै सकेको छैन ।

कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका २ नगरपालिका र ५ गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित पदाधिकारीहरूको भनाइ छ ।

२ नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुरामा सबै गाउँपालिका टहराबाटै सञ्चालन भइरहेको छ । “गाउँपालिकाको कार्यालय सहकारीको भवनमा छ,” भागेश्वर गाउँपालिकाका प्रमुख कौशिला भट्ट भन्छन्, “अरू बिषयगत कार्यालयहरूलाई पनि टहरा बनाइरहेका छौं ।” टहराहरू बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

एउटै कक्षमा एकभन्दा बढी कार्यालय राख्दा सेवा प्रभावकारी नहुने र स्वाग्राही पनि दोधारमा पर्ने कर्मचारीहरू बताउँछन् । कतिपय गाउँपालिकामा कृषि, भेटनरी र अन्य प्रशासनिक काम पनि एकै टेबुलबाट गर्नुपर्ने बाध्यता छ ।

भवन अभावका कारण गाउँपालिकाको कार्यालय व्यवस्थित गर्न सकिएको छैन । साविककै गाविस कार्यालयबाट पुरानै तरिकाले सेवा दिइरहेको अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाणले बताइन् । भागेश्वर गाउँपालिकाको अस्थायी कार्यालय रहेको बगरकोटमा सरकारी कार्यालय राख्न भवन निर्माण भएको छैन । यसैगरि बैंकको कार्यालय राख्न पनि घर पाउनै मुिस्कल भएको भट्टले बताउँछन् ।

भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका पनि टहरामा रहेको छ भने कर्मचारीलाई बास बस्न पनि समस्याछ । यस्तै नवदुर्गा गाउँपालिकाको कार्यालय पनि जस्तापाताको टहरामा गाउँपालिका छ भने अरू कोठा कार्यालय पनि एउटै कोठामा छ । कतिपय कार्यालय कर्मचारीको निजी आवासबाट सञ्चालन भइरहेका छन् ।

गन्यापधुरा र आलिताल गाउँपालिकामा पनि कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । गाउँपालिका कार्यालय साविकको आलिताल गाविसको भवनमा छ । सबै विषयगत कार्यालयका लागि र कर्मचारी बस्न ठाउँ अभवाका कारण समस्या भइरहेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

सदरमुकाममा रहेको अमरगढी नगरपालिकाबाहेक अन्य सबै गाउँपालिका र परशुराम नगरपालिकामा पनि यस्तै समस्या छ । तत्काल स्थायी कार्यालय स्थापना गर्न गाउँपालिकाको केन्द्र कहाँ राख्ने भनेर अलमल हुँदा भवन निर्माण गर्ने काम पनि अन्योलमा छ । रासस 

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ००:००