१७ भाद्र २०८१, सोमबार | Mon Sep 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमक–रवि सडक मार्ग खुल्यो



२ माघ, दमक ।
झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ ।

दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ ।

यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले माघ ७ गतेदेखि यही मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ ।

सडक वर्षात्का समयमा सधैँ अवरुद्ध हुने गर्थ्यो । हिउँदमा पनि त्यहाँको घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन गुड्दै आएका थिए । उनले अब वर्षात् र हिउँदमा सवारी गुड्ने तहमा पुगेको बताए । अब लामो समयपछि त्यस सडकबाट नै सवारी साधन निर्बाध रुपमा चल्ने अध्यक्ष पुरीको भनाइ छ ।

सो सडक निर्माण पूरा नहुँदा वर्षात्मा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १७८ किमीको दूरी पार गर्नुपर्ने मात्र होइन त्यहाँ पुग्न दुई दिन नै बित्ने गरेको उपभोक्ता समितिका महासचिव हेमन्त राई बताउछन् ।
रासस

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार ००:००