१ माघ । विराटनगरको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४ सय ९९ अस्थायी टहरा निर्माण गरिएको छ ।
झापाको क्याम्पमा १ सय ३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १ सय ५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार १ करोड ७५ लाख रूपैयाँमा उक्त टहराहरू निर्माण भएका हुन् । उनले मोरङमा केही टहराको निर्माण गर्न बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धीत महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई हस्तान्तरण गरिने बताए । संस्थाले टिनको छाना बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटी प्रयोग गरेर टहरा निर्माण गरिएको छ । रासस
प्रतिक्रिया