२१ पुस, दमक । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८२ करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।बिहीबार पहिलो नगरसभाले नगरपालिकाको ८२ करोड ७ लाख रुपैयाँकोअनुमानित आयव्यय सार्वजनिक गरिएको हो ।
बजेटको चालु खर्चतर्फ आम्दानीको ४६.३६ प्रतिशत अर्थात् ३८ करोड ४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ५३.६४ प्रतिशत अर्थात् ४४ करोड ३ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख रोहित शाहले जानकारी दिए ।
गौरादह नगरलाई पर्यटकीय, शैक्षिक, व्यापारिक, व्यावसायिक तथा बसोबासयोग्य हरितसँगै आधुनिक स्मार्ट सिटी बनाउन बजेटसहितको नीति तथा कार्यक्रमबाट जोड दिइएको शाहको दाबी छ । नौ वटा वडा रहेको नगरको पछिल्लो जनसंख्या करिब ६६ हजार पुगेको नगरपालिकाले जनाएको छ ।
झापा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको नगरसभा उद्घाटन कार्यक्रममा निवर्तमान सांसद दीपक कार्की, नगर उपप्रमुख गीता भेटवाललगायतले बोलेका थिए । रासस
प्रतिक्रिया