१९ पुस, भोजपुर ।
भोजपुर–दिङ्ला हुँदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म बस सेवा सुरु गरिएको छ ।
सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा सुचारु गरिएको बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।
भोजपुरबाट—दिङ्लासम्मको ३२५ र दिङ्लाबाट सतीघाटको लागि १२० भाडासमेत निर्धारण गरिएको छ । भोजपुरबाट दिङ्लासम्मको दूरी ३९ किलोमिटर छ भने दिङ्लाबाट सतीघाटसम्मको दूरी ११ किलोमिटर रहेको छ ।
यसअघि दिङ्ला–भोजपुर सडकखण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेको थियो । बस सञ्चालनमा आएपछि यहाँका सर्वसाधारण निकै हर्षित भएका छन् ।
रासस
प्रतिक्रिया