१८ पुस, पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।
गाउँमुनि रहेको मूल नजिक ट्याङ्की निर्माण गरी १४६ मिटर माथि लिफ्टबाट पानी तानेर पाँच गाउँका ८८ घरपरिवारलाई पानी वितरण गरिएको वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयको नगद र जिन्सी गरी ५५ लाख र स्थानीय जनश्रमदान गरी खानेपानी योजना सम्पन्न गरिएको हो ।
खानेपानी योजनाबाट लिपेयनी, ओझा, पोखरीगरा, गुरुङ गाउँ, परखेतका बासिन्दा र हिमालय आधारभूत विद्यालय शिक्षक र विद्यार्थी समेत लाभान्वित भएका छन् ।
वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका ५०० भन्दा बढी स्थानीयवासीलाई खानेपानीको सुविधा पुगेको बताइएको छ ।
रासस
प्रतिक्रिया