२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल



 

१५ पुस, लहान । निर्माण सामग्री ल्याइएको ४ वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन । पुल निर्माण उपभोक्ता समितिको लापर्बाही र ढिलासुस्तीका कारण झोलुंगे पुलको निर्माणको काम सुरू हुन नसकेको जिल्ला प्रवि कार्य शुरु हुन नसकेको जिल्ला प्राविधिक कार्यालय सिरहाले जनाएको छ ।

पुल निर्माण कार्यमा ढिलाइ हुँदा करोडौँ मूल्य बराबरको निर्माण सामग्रीमा खिया लाग्न थालेको र चोरीसमेत हुन थालेको स्थानीयले बताएका छन् । फलामका निर्माण सामग्री खुला आकाशमुनि नै जथाभावी राखिएको हुँदा घाम पानीले कामै नलाग्ने अवस्थामा पुगेको बताइएको छ ।

पुल निर्माण सामग्री बेवारिस अवस्थामा राखिएका कारण कतिपय नट बोल्ट हराएर गएको निर्माण समितिले जनाएको छ । स्थानीयको मागअनुसार आव २०७०/०७१ मा पुल निर्माण उपभोक्त समिति गठन गरी पुल निर्माण सामग्री खरिद गरिए पनि चार आव बित्न लाग्दासमेत पुल निर्माणको काम शुरु हुन नसकेको स्थानीयले बताएका छन् ।

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुनुका साथै बेतौनाका विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको बेतौनाका ५५ वर्षीय रामप्रसाद मोचीले बताए । “बेतौनामा मावि स्कुल छैन, यताका विद्यार्थी सबै बलकावा माविमा पढ्न जाने हो, तर वर्षामा पुल नबन्दा विद्यार्थीहरु विद्यालय जानै पाउँदैनन्,” मोचीले बताए ।

जिल्ला समन्वय समिति सिरहाका ओभरसियर गंगाप्रसाद यादवले स्थानीय उपभोक्ता समितिलाई पटकपटक ताकेता गर्दा पनि जिल्लामा सम्पर्क गर्न समेत नआएका कारण निर्माण कार्य हुन नसकेको बताए ।

उनले निर्माण समितिका अध्यक्ष र अन्य पदाधिकारीलाई पनि पटकपटक जिल्लामा सम्पर्क गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरे पनि चाँसो नदिएकाले काम अगाडि बढ्न नसकेको जानकारी दिए ।

मैनाबत्ती खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदेव यादवले जिल्ला प्राविधिक कार्यालय सिरहाले निर्माण सामग्री पठाए पनि निर्माणका लागि आवश्यक थप रकम नदिएकाले काम शुरु गर्न नसकिएको दाबी गरे । रासस

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार ००:००