२४ मंसिर, गाईघाट— उदयपुर ।
उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् । भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती हिमाल ले २२ हजार ५५१ मत प्राप्त गरेर विजय हासिल गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
यस्तै क्षेत्र नं २ कै प्रदेशसभा क १ र २ ख बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसकेका छन् ।
यता जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भएको छ । आज बिहानसम्मको मत परिणामअनुसार क्षेत्र नं १ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली कांग्रेसका डा नारायण खड्काले १५ हजार २७० मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले १५ हजार ३३ मत ल्याएर नेपाली कांग्रेसका डा खड्कालाई पछ्याइ रहेकी छन् ।
यता निर्वाचन क्षेत्र नं १ को प्रदेश क १ मा वाम गठबन्धनका विमल कार्कीले १० हजार ३६० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले नौ हजार ३५० मत प्राप्त गरेका छन् ।
यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ कै प्रदेश ख २ मा नेपाली कांग्रेसका हिमाल कार्कीले १२ हजार २३३ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका रामबहादुर थापाले ११ हजार ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।
रासस
प्रतिक्रिया